आमनिर्वाचन-२०७९

पर्सा २ मा कांग्रेसका अजय चौरसिया निर्वाचित

पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजयकुमार चौरसिया विजयी भएका छन्।

उनले जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरले हराएका हुन्।

चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए।

यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तवले जितेका थिए। चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए ।

पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *