‘राष्ट्रिय स्वतन्त्र पार्टी ह्वात्तै फुलेको बेलुन, अमेरिकन फ्रिडम पार्टीको कपी-पेष्ट’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना गरेका छन्।

अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन्।

उनले संयोग नै भए पनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गरे। पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिडम पार्टीको नाम र झण्डा फोटोकपीको रूपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताए।

ओलीले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताए।

उनले भने,‘हामीले आफैलाई बिसियौं आफूप्रति गर्व गर्न छाड्यौं। आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो। दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो। संयोग नै भन्नुपर्ला–अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिडम पार्टी अफ अमेरिका। त्यसको चुनाव चिह्न पनि घण्टी छ। संयोग नै होला। दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ। संयोग नै होला। तर, अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन। तर, हावा नहाली कसरी भयो यत्रो? केही त होला। त्यतातिर पनि नजाऊँ। मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्न खोजेको हुँ।’

ओलीले लामिछाने नेतृत्वको सो पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रूपमा समेत चित्रण गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर