वरिष्ठ सई उमेश कोइराला बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उमेश कोइराला बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित एवं भयरहित वातावरणमा सम्पन्न गर्न अब्बल भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

उनले सांगठनिक नीति–निर्देशनबमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्व इमानदारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई सम्पादन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनले आमनिर्वाचनका क्रममा केन्द्रीय नीतिबमोजिम प्रदेशभरको प्रहरी जनशक्ति र म्यादी प्रहरी व्यवस्थापन, हातहतियार, सञ्चार साधन र सवारी साधन योजनाअनुसार तयार गरेको, केन्द्रीय निर्वाचन सेलसँग आवश्यक समन्वय गर्दै समयमै अपुग जनशक्ति र हातहतियारको व्यवस्थापन गरेको जनाइएको छ।

यस्तै निर्वाचनसँग सम्बद्ध अभिलेखहरू दुरुस्त ढंगले तयार गरी नियमित रूपमा सम्भावित सुरक्षा चुनौतीको विश्लेषण एवं प्रतिवेदनद्वारा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रदेश निर्वाचन सेलमा रही सक्रिय सहयोगीको भूमिका निर्वाह गरेको जनाउँदै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर