नेपाल खेलको लागि महत्त्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताएका छन् ।

शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताए । उनले भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए ।

उनले भने, ‘नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।’

मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरु सञ्चालन गर्ने कुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु नेपालमा खेलाउन पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर