कैलालीबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

कैलालीबाट ३४ ग्राम ५१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत लखिमपुर खिरी बेलापुरका ५० का समीरा सिंह र ५३ वर्षीय शेर सिंह कैलालीको कैलारी गाउँपालिका वडा नं. ७, बसन्ताबाट उक्त लागुऔषधसहित शनिबार पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भारतीय यूपी ३१ बी एक्स ८०९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

जेकजाँचको क्रममा मोटरसाइकलको डिक्कीमा लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जाेशीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर