नेपाल र भारतबीच शुक्रबारदेखि सुरु हुँदै प्रतिआतंकवाद केन्द्रित संयुक्त सैन्य अभ्यास सूर्यकिरण

नेपाली सेना र भारतीय सेनाबीच प्रत्येक वर्ष आलोपालो आयोजना हुँदै आएको प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रीत संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १६ औं संस्करण रुपन्देहीको सालझण्डीस्थित एकीकृत सैनिक तालिम केन्द्रमा शुक्रबारदेखि सुरु हुने भएको छ ।

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास १६ डिसेम्बरबाट हुन लागेको हो ।

अभ्यासमा सहभागि हुनको लागि भारतिय सेनाका कर्णेलको कमाण्डमा रहेको एउटा बटालियन तहको टोली सालझण्डी पुगिसकेको छ ।

बटालियन तहको उक्त सैन्य अभ्यासमा ३ सय ५० जनाको सहभागिता रहने छ । अभ्यास ‘सूर्य किरण’ सैन्य अभ्यासको यो १६ औं संस्करण हो । सैन्य अभ्यास डिसेम्बर २९ मा सकिनेछ ।

सूर्यकिरण सैनिक अभ्यास प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्याउने अपेक्षा दुवै देशका सेनाले गरेका छन् ।

यसअघि भारतको उत्तराखण्डको पिथौरागढमा अक्टोबर २०२१ मा एक्सरसाइज सूर्य किरणको १५ औं संस्करण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *