चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका महसुस गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैलाई हेरेर साथ दिन आग्रह गरे । उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे । सञ्चारकर्मीहरूले जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे । फिल्ममा नर्सको लाइफमा भएका उतारचढाव समेटिएको बताए ।

कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए । उनले मरमसला पूरा भएको चलचित्रका रूपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए ।

प्रवीण झा निर्देशित सिनेमाको ट्रेलरमा कतै खुल्ला र कतै सस्पेन्स छोडिएको छ । पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासनासिंह ठकुरी, शिवहरि पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरूको अभिनय छ । बिपिका खनालको कथा, केदार भूषाल, प्रतीक पौडेलको संवाद/पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम, प्रतीक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल, अशिम काफ्लेको कार्यकारी निर्माण छ ।

हेर्नुहाेस् ट्रेलर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर