नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं शृंखला सुरु (तस्बिरहरू)

नेपाली सेना र भारतीय सेना बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं शृंखला शुक्रबारदेखि रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ। अभ्यासको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन्।

विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको संयुक्त अभ्यास सञ्चालन भएको हो।

नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरणको १५औं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ।

यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन्। यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान हुनेछ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *