५ वर्षमा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने लक्ष्यसहित अघि बढ्नुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्मानित नेता खनालले जनताले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । उनले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताए ।

सम्मानित नेता खनालले वाम–लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताए । उनले संख्या पु¥याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताए । उनले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताका जल्दाबल्दा समस्याहरु संसदमा उठाउन पार्टीका नेताहरुलाई निर्देशन दिए ।
नुभयो ।

सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर