प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सन्धुबीचको भेटमा के भयो कुराकानी?

भारतीय सेनाको प्रशिक्षण कमाण्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जसविन्द सिंह सन्धुले मंगलबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्।

सैनिक मुख्याल जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा उनीहरू दुईबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशका सेनाबीचको आपसी सहयोग र हितका विषयमा छलफल भएको थियो।

लेफ्टिनेन्ट जनरल सन्धुको नेतृत्वमा भारतीय सेनाको टोली नेपाल आएको छ। नेपाली सेनाको निमन्त्रणामा टोली आइतबार साताव्यापी नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेको हो।

प्रतिनिधिमण्डलले रूपन्देहीस्थित नेपाली सेना ब्याटल स्कुलको पनि भ्रमण गर्नेछ जहाँ नेपाली सेना र भारतीय सेनाका ३ सय ३४ जना सैनिकले संयुक्त अभ्यास गरिरहेका छन्।

त्यसैगरी उनीहरूले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन्।

छिमेकी मुलुकका उच्च सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *