नेपाली सेनालाई भारतीय सेनाका जनरल सन्धुले हस्तान्तरण गरे अत्याधुनिक उपकरण

भारतीय सेनाको सेना प्रशिक्षण कमाण्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सन्धुुले नेपाली सेनालाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेका छन्।

सन्धुले भारतीय सेनाबाट नेपाली सेनालाई सहयोगस्वरूप प्राप्त भएको विश्वव्यापी ड्राइभिङ सिम्युलेटर १ थान र पैदल सेना हतियार प्रशिक्षण सिम्युलेटर १ थान बुधबार सीतापाइलास्थित नेपाली सेनाको युद्धकवच गणमा आयोजित एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणालाई हस्तान्तरण गरेका हुन्।

नेपाल सरकार र भारतीय सरकारबीच २०७५ मंसिर २८ गते काठमाडौंमा सम्पन्न सुरक्षा मामिलामा नेपाल–भारत द्विपक्षीय परामर्शदात्री समूह (बीसीजीएसआई) को बैठकमा भएको सम्झौताअनुसार नेपाली सेनालाई ती उपकरण प्राप्त भएको हो।

लेफ्टिनेन्ट जनरल सन्धुको नेतृत्वमा भारतीय सेनाको टोली पुस ३ गते नेपाल आएको हो। नेपाली सेनाको निमन्त्रणामा आएको सो टोलीले पुस ९ गतेसम्मको साताव्यापी नेपाल भ्रमणका क्रममा रूपन्देहीस्थित नेपाली सेना ब्याटल स्कुलको पनि भ्रमण गर्नेछ जहाँ नेपाली सेना र भारतीय सेनाका ३ सय ३४ जना सैनिकले संयुक्त अभ्यास गरिरहेका छन्।

यसअघि टाेलीले मंगलबार प्रधनासेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेकाे थियाे।

त्यसैगरी टोलीले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *