चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को ट्रेलर सार्वजनिक (भिडियाे)

नेपाली चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन धेरै नै गाह्रो रहेको बताइन् । उनले फिल्म धेरै राम्रो भएकाले दर्शकले धेरै मन पराउनेमा विश्वस्त रहेको बताइन् ।

त्यस्तै अभिनेत्री ऋचा शर्माले लामो समय लिएर फिल्म धेरै नै राम्रो बनेको बताइन् । उनले सुनकेशरी फिल्म यो फिल्म जस्तो बनाउन खोजेको तर त्यस्तो बन्न पुगेको बताइन् ।

त्यस्तै अर्की अभिनेत्री बेनिशा हमालले हरर फिल्ममा काम गर्न धेरै नै गाह्रो भएको बताइन् । उनले आफूले यो फिल्ममा काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताइन् ।

त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले फिल्ममा जस्तै श्रीमतीसँग झगडा गर्दा घरमा कहिलेकाहीँ भूतको रूप देख्न पाइने बताए ।

२ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भूतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।

हेर्नुस् ट्रेलर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर