नेपाल टी-२० लिग : काठमाडौं र लुम्बिनीको विजयी सुरुवात

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ ।

शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एड्भेन्चर्सलाई २६ रनले पराजित गरेको हो ।

काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । काठमाडौका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले । उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पवेलियन फर्किए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।

त्यस्तै आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ । लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा, २५ र विपुल शर्माले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोर रन जोड्न सकेनन् । फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३/३ विकेट लिए ।

त्यस्तै बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए । त्यस्तै सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १/१ विकेट लिए । यता फर वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो । फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ । तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर