सैनिक श्रीमती संघद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६४२ जना लाभान्वित

सैनिक श्रीमती संघ तथा नं.२५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा कञ्चनपुरको लालझाडी गाँउपालिका वडा नं.२ कस्वास्थित शिवशंकर आधारभूत विद्यालयमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६४२ जना सर्वसाधारण लाभान्वित भएका छन्।

नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर अधिकृतसहितको मेडिकल टिमले पुस ११ गते सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गरेका थिए। साथै विभिन्न प्रकारका राहत सामाग्रीहरू पनि वितरण गरिएको थियो।

शिविरमा छाला रोग, स्त्री रोग, बाल रोग तथा जनरल मेडिसिसम्बन्धी सेवा प्रदान गरिएको थियो।

सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले शिवशंकर आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय र नवोदय आधारभूत विद्यालयलाई कम्प्युटर ९ थान, प्रिन्टर÷फोटोकपी मेशिन ३ थान, मल्टिमिडिया प्रोजेक्टर ३ थान, विभिन्न प्रकारका फर्निचर, स्टेशनरी सामानलगायत खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिन्।

यस्तै लालझाडी गाँउपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलाहरूलाई कम्बल १ हजार २०० थान, म्याट्रेस ५ थान, व्हिल चियर १ थान, बैसाखी २ थान तथा ३० जना बालबालिकाहरूलाई ट्र्याकसुट तथा स्टेशनरी सामाग्रीहरू समेत वितरण गरेकी थिइन्।

उक्त कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरू, सुदुरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापा, लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल राना, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नं.२५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकाल, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, कञ्चनपुर स्वास्थ्य कार्यालयका प्रमुख तथा कञ्चनपुर जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर