काठमाडौंमा एटीएम मशिन फुटाउँदै गर्दा एक जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुंगलस्थित एनआईसी एशिया बैंकको एटीएम मशिन फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

स्क्रुले उक्त बैंकको एटीएम खोलिरहेको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *