चलचित्र ‘चि मुसी चि’ को च्याप्टर २ बन्ने

नेपाली चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलंगिङ’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

हरर, थ्रिलर र ड्रामा जनरामा बनाइएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतको अभिनय रहेको छ । चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् ।

दर्शकहरूसँग सिनेमा हेरिसकेपछि सञ्चरकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले नेपालमा बनेको हरर चलचित्रमध्ये यो फिल्म उत्कृष्ट रहेको बताइन् । उनले यसका लागि आफूले धेरै दुःख गरेको पनि बताइन् ।

उनले च्याप्टर १ हेर्न आग्रह गर्दै च्याप्टर २ का लागि आफू एक्साइटेड रहेको बताइन् । उनले फिल्म हलमा दर्शकहरूले धेरै साथ दिएको बताइन् ।

त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले च्याप्टर २ को कथावस्तु पनि हेरिरहेको बताए । फिल्ममा साउण्डले धेरै नै राम्रो गरेको उनले बताए ।

मर्ण जेम्स र यश सैनको संयुक्त कथा एवं पटकथा रहेको चलचित्रको प्रस्तुतकर्ता अरुण चक्रवर्ती हुन् । यस चलचित्रमा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ । एकल प्रदर्शनको अवसर पाएको ‘चि मुसी चि’लाई मल्टिप्लेक्स हलहरूले सुखद् शो दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर