नयाँ मन्त्रीहरूले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल हुन्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरूले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने बताए । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनलेसुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए । उनले चुनावमा जनतामाझ गरिएका प्रतिबद्धताअनुसार काम गर्न पनि मन्त्रीहरू लाग्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरूको हित प्रवर्द्धन गर्नका लागि आफूले कानून निर्माणमा सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो व्यवसायमा आबद्ध मजदुरहरूको सेवा सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरूलाई सचेत गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर