कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरू सामूहिक रूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशका हरेक क्षेत्रहरू अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए।

उनले उमेर पुगेको भोलिपल्ट युवाहरू राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए। उनले कृषकहरूलाई कृषिको लागि मल र बीउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए।

उनले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यकता रहेको बताए। उनले कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताए।

अध्यक्ष लिङ्देनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर