प्रधानसेनापतिले अनावरण गरे पृथ्वीनारायण शाहको शालिक

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन्।

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टर हाताभित्र निर्माण गरिएको बडामहाराजाधिराज शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन्।

अनावरण कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीहरू, अधिकृत, पदिक तथा सकलदर्जाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर