सरकारलाई विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमा बसेर सहयोग गर्छौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।

बुधबार पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

वरिष्ठ नेता पौडेलले ५ वर्षभित्र मुलुकमा विकासमा धेरै ठूलो फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए।

उनले नेपाल राष्ट्रलाई एकीकरण गरेका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएकोसमेत बताए। उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरूले मिलेर काम गर्नुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले मुलुकलाई दलदलमा फसाउन नहुने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर