सकियो ‘रक्षा संवाददाता अभिमुखीकरण’ (तस्बिरहरू)

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा ६ दिनसम्म मध्य पृतना हेडक्वार्टर, मकवानपुरमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सकिएको छ।

विभिन्न सञ्चारमाध्यमका २० जना रक्षा संवाददाताहरूलाई सहभागी गराई पुस २४ गते सुरु भएको कार्यक्रम शुक्रबार सकिएको हो।

कार्यक्रममा सहभागीहरूलाई नेपाली सेनाको सांगठनिक स्वरूप, भूमिका तथा नेपाली सेनाअन्तर्गतका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराइएको थियो। साथै मकवानपुरस्थित मकवानपुरगढी, बारा जिल्लामा निर्माणाधीन एकीकरण स्मृति उद्यान, निर्माणाधीन काठमाडाैं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना तथा पर्सा राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमणसमेत गराइएको थियो।

मध्य पृतनापति उपरथी हाेमनाथ दवाडीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा नं.७ बाहिनीपति सहायकरथी लीलाबहादुर खनाल, मध्य पृतना हेडक्वार्टरका अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो।

देशका विभिन्न भागमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतना हेडक्वार्टरहरूको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको छ।

तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर