टिकटक लाइभमा जुवा खेलाउँदाखेलाउँदै एक जना पक्राउ

टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रुकुमपूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिशचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटकमा लाइभमार्फत रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरू खोली दुइवटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिष्टर १ थान र जुवा खेलाउन प्रयोग
भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *