तस्करले मारे चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर– २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका छन्। तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरूले मारेका हुन्। स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए।

पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुनसक्ने निकुञ्जको भनाइ छ। गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन्। यस वर्ष यीसहित १० गैंडा मरेका छन्। ९ वटा गैंडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *