सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैन : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसद्को कामकारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट त्यस्तो गतिविधि नहुने विश्वास रहेको बताए। उनले सभामुख र उपसभामुखले संसद्मा रेफ्रीको भूमिका निभाइ निष्पक्ष र स्वतन्त्र रूपमा सदन सञ्चालन गर्नुपर्ने बताए।

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर