रहेनन् संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका व्यवसायी प्रेमप्रसाद

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधन भएको छ।

उनले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको कोसिस गरेका थिए। गम्भीर घाइते उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो।

३७ वर्षीय आचार्यले आत्मदाह प्रयासअघि लामो फेसबुक स्ट्याटस लेखेका थिए। व्यावसायिक संघर्षका क्रममा अनेकन् इमानदार प्रयास गर्दागर्दै जताततैबाट ठगिएको र ठूलो ऋणमा डुबेपछिको चौतर्फी दबाबका कारण आफू आत्महत्याको स्थितिमा पुगेको उनको स्ट्याटसको आशय थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *