ताेलामा ७०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्याे सुनकाे मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ तोकिएको छ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला सात सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार सात सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *