नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलव ६८ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ३६ अंकले ओरालो लागेर चार सय दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कुल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ रुपैयाँ मूल्यमा खरिद बिक्री भयो । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ रुपैयाँ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स १४ करोड ३७ लाख तीन हजार, गुराँस लाइफ इन्स्योरेन्स सात करोड ६७ लाख ७२ हजार तीन सय ८८, एनआईसी एशिया बैंक सात करोड १० लाख ८३ हजार चार सय तीन र सूर्योज्योति लाइफ इन्स्योरन्स छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर सात दशमलव ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलब २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलव ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलब ६३ प्रतिशतले कमाएका छन् ।

यस्तै प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलब २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलब ९७, गणपति लघुवित्त चार दशमलब ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलव ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य नौ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *