हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गरिँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ।

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यका साथ हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार केही दिनमै नयाँ व्यवस्था लागू हुनेछ।

हाल दैनिक दस घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेकोमा अब लागूू हुुने व्यवस्थाअनुसार पाइलटले दैनिक आठ घण्टा उडान र आठ घण्टा अवतरण गर्न पाउनेछन्।

त्यस्तै आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ।

पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनेपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्नेछ।

त्यस्तै नयाँ प्रावधानअनुुसार चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज हुनेछ।

यसैगरी प्राधिकरणले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने प्रावधान राखेकोे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर