नेपालको विकास हुनु भारतलाई पनि फाइदाको विषय हो : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिबद्ध रहेको बताएका छन्। नेपाल–भारत मैंत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनलेसो कुरा बताएका हुन्।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रूपमा लागि परेको समेत स्पष्ट पारे। उनले जनकपुर-जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न भारत सरकार लागिपरेको बताए।

राजदुत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए। उनले भने, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ, त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ। भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो। मित्रताको साथमा विकास पनि भारतले जोड दिएको छ। किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो। यस कार्यमा भारत सरकारको पूर्ण रूपमा चाहना हो ’

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *