साथीको फेक फेसबुक आईडी बनाएर दुरुपयोग गरेको आरोपमा युवती पक्राउ

साथीको फेक फेसबुक आईडी बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनले अष्ट्रेलियामा रहेकी साथीको नाममा नक्कली फेसबुक आईडी बनाएकी थिइन्। उक्त आइडीको दुरुपयोग गरेर केटा साथीहरूसँग कुराकानी गरी विभिन्न समस्याहरू देखाएर उनले पैसा लिने गरेको पनि प्रहरीले जनाएको छ।

उनीविरूद्ध अष्ट्रेलियामा रहेकी साथीले नै उजुरी गरेकी हुन्। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकी युवती पनि अष्ट्रेलिया जाने तरखरमा थिइन्।

आईडीको दुरुपयोग गरी पैसा माग्न थालेको बताए पनि कति जनालाई कति रकम ठगी गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले उनीमाथि साइबर मुद्दामा अनुसन्धान गर्न साइबर ब्यूरोमा पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर