यातायात व्यवस्था ऐन संशोधन गर्नुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐन संशोधन गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।

उनले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरूको नियमन गर्न जरुरी रहेको बताए। उनले रोड सेफ्टी एक्शन प्लान, २०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताए। सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले दुईपांग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए। उनले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलतेयरमैत्री, अपांगमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भने पनि सोअनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए।

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राखे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *