७० नम्बर ल्याउँदा लाइसेन्स पाउने व्यवस्था गलत : राजेन्द्र पाण्डे

प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ गलत भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन्।

यस निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्यांकर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ। त्यसो हुनु गलत भएको सांसद पाण्डेले बताए। उनले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए।

उनले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा अमान्य हुन सक्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर