न्यू डायमण्ड कप यू-१८ राष्ट्रिय महिला भलिबलमा १० देखि १२ टोली सहभागी हुने

फागुन दोस्रो साताबाट आयोजना हुने वाग्मती प्रदेश न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा १० देखि १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

आयोजक न्यू डायमण्ड युथ स्पोर्टस क्लवले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फागुन दोस्रो हप्ता आयोजना प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता जनाउने जानकारी दिएको हो ।

फागुन ९ देखि १३ गतेसम्म आयोजना प्रतियोगिता लिग कम नकआउट प्रणालिमा हुनेछ । खेल बेस्ट अफ फाइभको आधारमा सञ्चालन गरिने क्लबका अध्यक्ष कुमार राईले जानकारी दिए । प्रतियोगितामा सहभागि हुने टोलीको टुंगो शुक्रबार लाग्ने अध्यक्ष कुमार राईले बताए ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग र प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगिता क्लबले बनाएको आफ्नै खेल मैदानमा गर्नेछ । उमेर समूहका खेलाडीलाई टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रोले १ लाख तथा सान्त्वना पुरस्कार विजेताले ५० हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार प्राप्त गर्नेछ भने विधागत उत्कृष्टले १० हजार र उदियमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टमा स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षक समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर