कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन सबै राजनीतक दलहरू एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरूलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

उनले २०८० साल वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय भएको पनि बताए। उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि उनले बताए।

उनले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताए।

बैठकले प्रतिनिधि सभा सदस्य एवं पार्टी नेता चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर