आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन्। मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए।

उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे। उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ। रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *