आज बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित, चैत ५ मा बस्ने

आज बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ, ‘फागुन १७ गते आज दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।’

अब राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *