उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा ४ जनाकै उम्मेदवारी कायम

उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कोही पनि उम्मेदवारहरूले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाबीच उपराष्ट्रपतिमा प्रतिस्पर्धा हुनेछ। उनीहरू चारै जनाको उम्मेदवारी कायम रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए।

उनले भने, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो। कुनै पनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौं। अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ।’

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर