प्रतिबन्धित भारतीय रुपैयाँसहित विमानस्थलबाट दुई अमेरिकी पक्राउ

नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ३ लाख ३५ हजारसहित २ जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय थप्टेन गेलेक ल्हासवा र ५९ वर्षीया क्याल्साङ चोडन रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिस्तारा एयरको उडानद्वारा दिल्ली प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेशिनमा जाँच गर्ने क्रममा थप्टेन गेलेक ल्हासवाको झोलाभित्र भारतीय ५ सय दरका ३ सय थान र क्याल्साङ चोडनको झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेर प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर