राष्ट्रपति पौडेललाई जापानका प्रधानमन्त्री किशिदाको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुमियोले बधाई ज्ञापन गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेको काठमाडौंस्थित जापानी राजदूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन्।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *