खोटाङमा दुई पुरुष मृत भेटिए

खोटाङमा दुुई जना पुरुष मृत फेला परेका छन्। छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृतावस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर रोमन अर्यालले जानकारी दिए।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरीको वातिखुम बस्ने ४० वर्षीय उत्तम परियार मंगलबार मृत फेला परेका छन्। वातिखुमस्थित सडकमा उनको शव भेटिएको इन्स्पेक्टर अर्यालले बताए।

यस्तै खोटेहाङ गाउँपालिका-२ वाप्लुखाको मुखिताङ बस्ने ४५ वर्षीय कुलमान राई उनकै छिमेकी रामकुमार राईको घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

मृतक दुवैको शव जिल्ला अस्पताल दिक्तेलमा पोष्मार्टम गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर अर्यालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर