उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा महिला निर्वाचित हुनु राम्रो हुन्छ : ममता झा

उपराष्ट्रपति पदका लागि जनमत पार्टीकी उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उम्मेदवार झाले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’

आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म संघीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेश सभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा(एमाले) की अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *