उपराष्ट्रपति निर्वाचन : २ बजेसम्म ८०१ मत खस्यो

मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत खसेको छ ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर