पत्रकारहरू बिक्रीमा छन् : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरुरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको भनाइ छ। उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन-कानून निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

सभामुख घिमिरेले कानूनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए। उनले कानून निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारहरूले सोहीअनुसार सञ्चारका कामहरू गर्नुपर्ने बताए।

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर