स्रोत नखुलेको १२ लाख नगदसहित काठमाडौंमा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। तनहुँको भानु नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय सञ्जय खनाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर