बालबालिकामा सरकारप्रति भरोसा देखिएन : सांसद देवकोटा

राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्न नहुने बताएकी छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन्। उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताइन्।

उनले सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताइन्। उनले केही दिनअघि विद्यार्थीहरूले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताइन्।

उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकाले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताइन्।

सांसद देवकोटाले नागरिकले पाउने सेवा सुविधाहरू नागरिक केन्द्रित हुनुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर