नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख दिने

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहतस्वरूप ३ लाख रुपैयाँ दिने निर्णय गरेको प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।

मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *