इन्जिनियरको लाइन्सेन्स परीक्षामा २८ प्रतिशत मात्र पास

इन्जिनियरको लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए। तर, परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१ थियो। तीमध्ये ५६५ जनामात्र उत्तीर्ण भएका हुन्।

११ जनाको परीक्षा रद्द गरिएको छ। यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन्।

नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलोपटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो।

इन्जिनियर उत्तीर्ण गरेकाहरूले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ। यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो। त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्ट्रार तथा सदस्य सचिव शिवमंगल गिरीका अनुसार लाइन्सेन्स परीक्षामा इन्जिनियरिङ क्षेत्रका २२ वटा विधामा १ हजार ९८१ जना सहभागी भएका थिए। लाइन्सेन्स परीक्षामा अनुत्तीर्ण भएकाहरूले नेपालभर काम गर्न नपाउने गिरीले बताए। तर, विगतमा प्रमाणपत्र लिइसकेकाहरुले भने लाइन्सेन्सको लागि पुनः परीक्षा दिनुपर्दैन।

नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरूबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन्। त्यसका अतिरिक्त भारतलगायत देशबाट पनि उच्च शिक्षा लिनेहरू छन्। परिषदका अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर