बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. न्यौपाने

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजयराज न्यौपाने नियुक्त भएका छन्। अस्पतालका पूर्वउपनिर्देशक डा. न्यौपानेलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष डा. न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए।

उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन्। विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबीबीएससरह) अध्ययन गरे। विसं २०५० मा एमडी (यहाँको एमबीबीएससरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए। डा. न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरेका छन्।

उनले विसं २०५६ मा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए। विसं २०५७ मा बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बीपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन्।

क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा. न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर