तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन बजेटको व्यवस्था गर्न माग

राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद साहले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । बहराइन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योग्यता र सेवाबाट नेपाललाई चिनाएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पारिन् ।

सांसद साहले नेत्ररोग विशेषज्ञ डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर