संघीयता र गणतन्त्र पक्षधर शक्तिहरूबीच राष्ट्रिय सहमति आवश्यक : सांसद दाहाल

राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरूबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनताको अपेक्षाअनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाइ छ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दाबीसमेत गरे।

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर